arrow

संसद दुई घण्टा ढिला गरी शुरू, वेल घेराउ जारी [लाइभ]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार ५ बिहिबार

काठमाडौँ । बुधबार बस्नै नसकेको प्रतिनिधि सभाको बैठक बिहीबार दुई घण्टा ढिला गरी शुरु भएको छ । बिहान ११ बजेलाई डाकिएको बैठक दिउँसो १ बजेपछिमात्र शुरु भएको हो । 

विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरुले बैठकमा अवरोध कायम राखेका छन् । उनीहरुले वेल घेराउ गरेका छन् । 

रास्वपाको वेल घेराउका बीच सभामुख देवराज घिमिरेले बैठकलाई अगाडि बढाएका छन् । 

बैठकको शुरुमै राप्रपाले पनि विरोध जनाएको थियो । राप्रपाले रास्वपाको वेल घेराउका बीच बैठक अघि बढाएकाले बैठक बहिष्कार गरेर बाहिरिएको छ ।  

सभामुख घिमिरेले बैठकको शुरुमा रास्वपा सांसद हरि ढकाललाई समय दिएका थिए । ढकालले माग पूरा नभएसम्म आन्दोलन जारी रहने बताए ।

रास्वपाले भिजिट भिसा प्रकरणलाई विषय बनाएर गृहमन्त्रीको राजीनामा मागिरहेको छ ।

बैठकमा विधेयकबारेमा छलफल भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ