arrow

प्रतिनिधि सभा बैठक बस्दै: विनियोजन विधेयकमाथि छलफल जारी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार ८ आइतबार
Parliament_building-1619601493.png

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बिहान ११:०० बजे नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा बस्दै छ। आजको बैठकमा विनियोजन विधेयक, २०८२ का विभिन्न शीर्षकहरूमाथिको छलफलले निरन्तरता पाउनेछ।

सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार, आजको बैठकमा युवा तथा खेलकुद, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, अर्थ, सहरी विकास मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपति कार्यालय, र उपराष्ट्रपति कार्यालयको विनियोजन बजेटमाथि छलफल हुनेछ। यसै क्रममा सांसदहरूले पेस गरेका खर्च कटौतीका प्रस्तावहरूमाथि पनि छलफल गरिनेछ।

आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाअन्तर्गतका विषयगत समितिमा सदस्यहरूको नाम हेरफेर गर्ने कार्यक्रम रहेको छ। साथै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्रको व्यहोरा पनि सभामुखले पढेर सुनाउने कार्यसूची तय भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ