arrow

संसदमा रास्वपा र राप्रपाको अवरोध जारी [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार ८ आइतबार
rsp-rpp.jpg

काठमाडौं। प्रतिनिधि सभाको आजको बैठकमा  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अवरोध निरन्तरता दिएका छन्। दुवै दलले सरकारलाई विभिन्न मुद्दामा जवाफदेही बनाउन माग गर्दै संसद अवरोध गर्दै आएका छन्।

राप्रपा र रास्वपाले मुख्यतया भिजिट भिसाको दुरुपयोग र यसबाट भइरहेको मानव तस्करीको सङ्गठित अपराधमाथि संसदीय छानबिन समिति गठनको माग गर्दै संसदमा विरोध जनाउँदै आएको छ। उनीहरूले यस प्रकरणमा गृहमन्त्री रमेश लेखकको भूमिकामाथि प्रश्न उठाउँदै आएका छन्। रास्वपाका सांसदहरूले यस विषयको गम्भीरतालाई ध्यानमा राख्दै निष्पक्ष छानबिन हुनुपर्नेमा जोड दिएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत यस प्रकरणमा अनुसन्धान गरिरहेको अवस्थामा रास्वपाले सदनबाटै छानबिन हुनुपर्ने अडान लिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ