arrow

प्रतिनिधि सभा

डेढ घण्टा उभिएर विरोध गरेपछि संसद बैठकबाट बाहिरिए रास्वपाका सांसद [भिडियो]

उनीहरूले आफ्नो अडानमा कुनै सम्झौता नगरेपछि विरोधस्वरूप बैठक कक्षबाट बाहिरिएका हुन्

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार ८ आइतबार
rsp-samsad-birodh.jpg

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरू आइतबारको प्रतिनिधि सभा बैठकबाट बाहिरिएका छन्। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै उनीहरूले बैठकमा करिब डेढ घण्टासम्म उभिएर विरोध प्रदर्शन गरेका थिए।

गत जेठ १३ गतेदेखि रास्वपाका सांसदहरूले भिजिट भिसाको दुरुपयोग र यसमा गृहमन्त्रीमाथि लागेको आरोपबारे निष्पक्ष छानबिनको माग गर्दै संसद अवरुद्ध गर्दै आएका छन्। आजको बैठकमा पनि उनीहरूले आफ्नो अडानमा कुनै सम्झौता नगरेपछि विरोधस्वरूप बैठक कक्षबाट बाहिरिएका हुन्।

रास्वपाले भिजिट भिसा प्रकरणमा सङ्गठित मानव तस्करी र यसबाट उत्पन्न अन्य विकृतिमाथि गम्भीर छानबिन हुनुपर्नेमा जोड दिँदै आएको छ। सरकारले यस विषयमा पर्याप्त गम्भीरता नदेखाएको आरोप पनि रास्वपाले लगाउँदै आएको छ।रकारले यस विषयमा पर्याप्त गम्भीरता नदेखाएको आरोप पनि रास्वपाले लगाउँदै आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ