arrow

प्रतिनिधि सभा

बजेट विनियोजनमा मनोमानी भएको भन्दै सांसद केसीद्वारा संसदीय छानबिन माग

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार ८ आइतबार
arjunnarsing-kcs.jpg

काठमाडौं। सत्तारुढ दल नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले आगामी आर्थिक वर्षको बजेट विनियोजन प्रक्रियामा मनोमानी भएको भन्दै संसदीय छानबिनको माग गरेका छन्। आइतबार प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै उनले बजेट विनियोजन ठीक छ वा छैन भनी अध्ययन गर्न संसदीय समिति गठन गर्नुपर्ने प्रस्ताव राखे।

सांसद केसीले यदि छुट्टै संसदीय समिति गठन गर्न नसकिने भए यस विषयलाई सुशासन समिति वा सार्वजनिक लेखा समितिमा पठाउनुपर्ने माग गरे। उनले बजेट मनोमानी ढंगले विनियोजन भएकोमा दुःख र खेद व्यक्त गरे।

"दुई वटा उपप्रधानमन्त्रीसँग मेरो विनम्रतापूर्वक आग्रह छ, तपाईंले बजेटमा प्रस्तुत गर्नुभएअनुसार विनियोजन ठीक छ कि छैन भनेर एउटा संसदीय समिति बनाऔँ। त्यसले छानबिन गरोस्," केसीले भने, "यदि संसदीय समिति हुन्न भने सुशासन समिति वा लेखा समितिमा पठाइयोस्। यो मनपरी ढंगले जसरी विनियोजन गर्ने काम भएको छ, त्यो दुखद् मात्र होइन खेदपूर्ण हो सम्माननीय सभामुख महोदय।"

सांसद केसीले बजेट वितरणमा समान व्यवहार नभएको औँल्याए। उनले बजेटले नयाँदेखि पुराना सबै माननीयहरूलाई सन्तुलित व्यवहार गर्‍यो कि गरेन भनी प्रश्न उठाए। उनले मन्त्रीहरू र शीर्ष नेताहरूको जिल्लामा राखिएको बजेट र पूरै देशको बजेट एक ठाउँमा राखेर तुलना गर्नुपर्ने र यसमा गहिरो छानबिन हुनुपर्ने बताए। यो मागले आगामी बजेट कार्यान्वयन र यसको निष्पक्षतामाथि थप बहस सिर्जना गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ