arrow

प्रतिनिधि सभामा सामान्य प्रशासनमन्त्री

असारभित्रै सबै स्थानीय तहमा प्रशासकीय अधिकृत पुर्‍याइने, आर्थिक अवस्थाका कारण तलब बढेन : मन्त्री गुप्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार ९ सोमबार
rajkumar-gupta-parliament.jpg

काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले यसै असार महिनाभित्र निमित्तको भरमा चलेका सबै स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत पठाउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले आगामी आर्थिक वर्ष सुरु हुनुअघि नै निमित्तको भरमा चलेका स्थानीय तहको सङ्ख्या शून्यमा झार्ने लक्ष्य रहेको बताएका छन्।

प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै मन्त्री गुप्ताले आफूले मन्त्रालय सम्हाल्दा करिब साढे तीन सय पालिका निमित्तको भरमा चलेकोमा अहिले त्यसलाई घटाएर देशभर १८५ पालिकामा मात्र निमित्त प्रमुख प्रशासकीय अधिकृत रहेको जानकारी दिए। उनले असार २० गते लोकसेवा आयोगबाट १६ जना अधिकृत आउने र साउन महिनासम्ममा यो सङ्ख्या शून्यमा झार्ने अवस्था निर्माण भइरहेको उल्लेख गरे।

मन्त्री गुप्ताले मुलुकको आर्थिक अवस्थालाई मध्यनजर गर्दै यसपालि कर्मचारीको तलब वृद्धि गर्न नसकिएको पनि स्पष्ट पारे। उनले सांसदहरूलाई देशको आर्थिक अवस्थाबारे अवगत नै रहेको भन्दै सोही कारण तलब वृद्धि नगरिएको बताए।

स्थानीय तहमा हुने गरेको प्रमुख प्रशासकीय अधिकृतको समस्याको दीर्घकालीन समाधान गर्न आफू प्रतिबद्ध रहेको मन्त्री गुप्ताको भनाइ छ। यस पहलले स्थानीय तहको प्रशासनिक कार्यमा थप सहजता आउने अपेक्षा गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ