arrow

टोखामा गाडीसहित बगेकी महिलाको उद्धार

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार १२ बिहिबार
Tokha_Nagarpalika.png
तस्बिर – फाइल ।

काठमाडौँ । काठमाडौँको टोखामा गएराति गाडीसहित बगेकी एक महिलाको प्रहरीले उद्धार गरेको छ । राति १० बजेको समयमा काठमाडौँको टोखा नगरपालिका–६ ग्राण्डी अस्पताल पछाडि विष्णुमती खोला किनाराबाट बा प्र०१–०३१ च ६१४१ नम्बरको निजी कार अचानक खोलामा खसेको थियो । 

काठमाडौँको धुम्बाराही बस्ने अङ्कुश सिंहले चलाएको कारबाट भावना ओली गाडीसहित बगेकी थिइन् । चालक खोला किनारामा हामफाल्न सफल भएका थिए भने गाडीभित्र सवार ओलीलाई खोलाले बगाएको थियो ।

बाँनियाटार पुलमा आइपुगी गाडी अड्किएको अवस्थाबाट महिलाको उद्धार गरिएको प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए । उनका अनुसार उद्धार गरिएकी महिला दाङ घर भई हाल टोखा बस्दै आएकी थिइन् । 

उनलाई प्रहरीले स्थानीयको सहयोगमा उद्धार गरी उपचारका लागि ग्रिनसिटी अस्पताल पठाएको छ । क्रेनको सहायताले खोलाभित्र रहेको कारसमेत बाहिर निकाली प्रहरी प्रभाग नयाँ बसपार्कमा राखिएको प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ