arrow

द्वन्द्वका कारण प्रभावित बालबालिकाको घटनाको रेकर्ड उच्च 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार १२ बिहिबार
united-nations.jpg
तस्बिर – फाइल ।

जेनेभा । संयुक्त राष्ट्र सङ्घले सन् २०२४ मा सशस्त्र द्वन्द्वमा बालबालिका विरुद्धका घटना ३० बर्षकै सबैभन्दा बढी भएको जनाएको छ । राष्ट्रसङ्घले प्यालेस्टिनी क्षेत्र, कङ्गो लोकतान्त्रिक गणतन्त्र, सोमालिया, नाइजेरिया र हाइटीमा सबैभन्दा बढी गम्भीर उल्लङ्घनका घटना भएको उल्लेख गरेको छ ।

राष्ट्रसङ्घका महासचिवकी बालबालिका र सशस्त्र द्वन्द्वका लागि विशेष प्रतिनिधि भर्जिनिया गाम्बाले संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को छलफलका क्रममा युद्ध र सशस्त्र द्वन्द्वले बालबालिकामा पारेको भयानक स्तरको हिंसाका बारेमा बैठकलाई उक्त कुरा बताएकी हुन् । 

उनले भनिन्, “युद्ध र द्वन्द्वका पक्षहरू र हामी अन्तर्राष्ट्रिय समुदायले सबै बालबालिकाको हितका लागि शान्ति सम्झौता गर्नुको साटो हाम्रा छोराछोरीका लागि ठूलो मूल्य चुकाएर सैन्य माध्यमबाट हाम्रा विवादहरू सुल्झाउन चाहेको जस्तो देखिन्छ ।”

उनले अगाडि भनिन्, ‘विश्वव्यापी रूपमा र विशेष गरी गाजामा बालबालिकामा के भइरहेको छ भनेर कुनै काम नगरी हामी हेरेर बस्न सक्दैनौँ । गाजाका बालबालिकाहरूले भोगेको विनाश र पीडाको परिणमले हरेक मानव मापदण्डको अवहेलना र उल्लङ्घन गर्दछ ।’

बालबालिकाहरूलाई खाना, स्वास्थ्य सेवा र सुरक्षाको पहुँचसहित आफ्नो अस्तित्वको साधनबाट वञ्चित गर्ने कुनै औचित्य नभएको गाम्बाले स्पस्ट पारिन् । 

संयुक्त राष्ट्र सङ्घका अधिकारीले निगरानी, प्रमाणिकरण र रिपोर्टिङमा उनीहरूले सामना गर्ने कठिनाइहरूलाई ध्यानमा राख्दै यी उल्लङ्घनहरूलाई कम गर्न दिगो स्रोतहरू उपलब्ध गराउने महत्वलाई प्रकाश पारेकी थिइन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ