प्रधानमन्त्री ओली र तान्जानियाका उपराष्ट्रपति पाङ्गोबीच दोहामा भेटवार्ता
हाम्रा कुरा
प्रकाशित २०८२ असार १५ आइतबार
1k
Shares
दोहा (कतार)। प्रधानमन्त्री केपी शर्मा ओली र तान्जानियाका उपराष्ट्रपति डा. फिलिप एम. पाङ्गोबीच आज कतारको दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा भेटवार्ता भएको छ।
प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसङ्घको 'विकासको लागि वित्त (फाइनान्सिङ फर डेभलपमेन्ट) चौथो अन्तर्राष्ट्रिय सम्मेलन'मा सहभागी हुन स्पेनको औपचारिक भ्रमणमा जाने क्रममा यो भेटवार्ता भएको हो।
भेटवार्ताका क्रममा दुई देशको आपसी सम्बन्धका विविध आयामबारे कुराकानी भएको थियो। यस अवसरमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाललगायत अन्य अधिकारीहरू पनि सहभागी थिए।