प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीको सम्बोधन पनि सुनेनन् रास्वपा र राप्रपाले
हाम्रा कुरा
प्रकाशित २०८२ असार २३ सोमबार
2.2k
Shares
काठमाडौँ । प्रतिनिधि सभाको बैठक चलिरहेको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेका छन् । उनले स्पेनमा भएको औपचारिक भ्रमण गरेर फर्केको र त्यहाँ भएको ठोस परिणामबारे जानकारी गराए ।
प्रतिनिधि सभा बैठकमा आफ्नो धारणा राखेर दुई दल राप्रपा र रास्वपा बाहिरिएका छन् ।
प्रतिनिधिसभाको बैठक सुरू हुने बितिक्कै राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले बिरोध जनाउँदै आफ्नो कुरा राखेर संसदबाट बाहिरिएका हुन् ।
प्रतिनिधिसभा बैठकमा आफ्नो धारणा राख्दै रास्वपाका सांसद मनिष झाले भिजिट भिषा प्रकरणको बिषय पुनः उठाउँदै गृह मन्त्री रमेश लेखकले राजिनामा दिनु पर्ने तथा सो सबन्धमा छानबिन समिति बनाउन माग पुनः राखेका छन् ।
उता, जबर्जस्ती संसद चलाएको भन्दै यो तरिका रोक्नका लागि राप्रपाको सांसद दिपकबहादुर सिंहले धारणा राखेका थिए । भिजिट भिषा प्रकरणले देशको बदनाम गरेको उनको तर्क रहेको थियो ।