arrow

गरिमा विकास बैङ्कद्वारा हरिशयनी एकादशीको अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार २५ बुधबार
garima-bank-limited-tree-plantation-2082.jpg

काठमाडौँ। गरिमा विकास बैङ्क लिमिटेडले मिति २०८२ साल असार २२ गते आइतबार हरिशयनी एकादशीको अवसरमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत देशका विभिन्न ६ स्थानमा धार्मिक र वातावरणीय दृष्टिकोणले विशेष महत्त्व राख्ने बर र पिपलका बिरुवाहरूको वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ।

कास्की जिल्लाको खोरपाथे डाँडा र तुलसीघाट, स्याङ्जा जिल्लाको गह्रौँ कालिका मन्दिर परिसर, शितलटार पार्क चापाकोट र छाँयाक्षेत्र शिव मन्दिर परिसर तथा दाङ जिल्लाको मोतीपुर पुल क्षेत्रमा बर र पिपल वृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो। विकास बैङ्कले आयोजना गरेको वृक्षारोपण कार्यक्रममा विकास बैङ्कका अध्यक्ष, पूर्व अध्यक्ष, स्थानीय जनप्रतिनिधिहरू, समाजसेवी, विकास बैङ्कका कर्मचारी, शेयर धनीहरू तथा सर्वसाधारणको उत्साहजनक सहभागिता रहेको थियो।

यस किसिमका कार्यले वातावरण संरक्षण, हरित विकासको प्रवर्द्धनका साथै धार्मिक सम्पदाको संरक्षणमा सहयोग पुग्ने तथा भावी पुस्तालाई स्वच्छ वातावरण हस्तान्तरण गर्न महत्त्वपूर्ण योगदान पुग्ने विकास बैङ्कले विश्वास लिएको छ। वृक्षारोपण गरिएको क्षेत्रलाई आगामी दिनमा बर–पिपल चौतारीको रूपमा विकास तथा संरक्षण गर्ने लक्ष्य समेत रहेको छ।

यस विकास बैङ्कले दिगो विकास, वातावरणीय सन्तुलन र सामाजिक उत्तरदायित्व निर्वाह गर्ने उद्देश्यका साथ यस किसिमका कार्यक्रमहरूलाई निरन्तरता दिँदै आएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ