arrow

सप्तकोशी नदी तटीय क्षेत्रमा उच्च सर्तकता अपनाउन आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार २५ बुधबार
saptakoshi-most-dangered.jpg
तस्बिर – फाइल ।

कटारी । जिल्ला प्रशासन कार्यालय उदयपुरले मनसुन शुरु भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा वर्षापछि आएको विपदलाई मध्यनजर गर्दै सतर्कता अपनाउन आग्रह गरेको छ । 

आज प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुईटेलद्वारा जारी सूचनामा जिल्लाको सप्तकोशी नदी तटीय क्षेत्रमा उच्च सर्तकता अपनाउन आग्रह गरिएको हो ।

वर्षातको मौसम भएकाले कुनै पनि समयमा ठूलो पानी पर्ने भएकाले सतर्कता अपनाउन सूचनामार्फत आग्रह गरिएको छ । यस्तो अवस्थामा अति आवश्यक नपरी हिंडडुल नगर्न, रातको समयमा जोखिम क्षेत्रका मूल सडक, सहायक सडक मार्गमा सवारी साधन चलाउँदा सावधानी अपनाउन पनि प्रशासनले आग्रह गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ