arrow

मनसुनले अस्तव्यस्त रसुवा क्षेत्र [फोटोफिचर]

logo
प्रकाशचन्द्र तिमिल्सेना,
प्रकाशित २०८२ असार २६ बिहिबार
rasuwa-road-82-3-26uu.jpg
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।

काठमाडौँ । गत मंगलबार बिहान नेपाल–चीन सीमामा पर्ने लेन्डेखोला (भोटेकोशी) मा आएको बाढीले रसुवाको जनजीवन अस्तव्यस्त भएको छ । हराइरहेका कयौँ अझै फेला परेका छैनन् । ठूलो जनधनको क्षति भएको छ । 

जलविद्युत गृहहरु ध्वस्त भएका छन् । स्याफ्रुबेसी टिमुरे सडक पूर्णरुपमा अवरोध भएको छ । ठाउँ ठाउँमा गएको पहिरोका कारण सवारी साधन चलाउन र पैदल यात्रा गर्न समेत कठिन भएको छ ।

गोसाइँकुण्ड गाउँपालिका ३ लिङलिङमा सडक बाढीले बगाउँदा सो क्षेत्रमा जोखिम मोलेर यात्रा गर्नु पर्ने अवस्था रहेको छ ।

नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीले ठाउँ ठाउँमा बाटो बनाउने काम गरेता पनि सवारी साधनका लागि भने सडक कहिले खुल्ने टुंगो छैन ।

नेपाल चीन जोड्ने प्रमुख सडक अवरोध हुँदा काठमाडौँ उपत्यका प्रवेश गर्ने सयौ मालबाहक सवारी साधनहरु टिमुरे मै थन्किएका छन् ।

ल्हेन्दे खोलाको बाढीले रसुवागढीमा चीनबाट आयात भई भन्सार पास गर्न बाँकी बाढीबाट जोगिएका सवारीसाधन अलपत्र अवस्थामा छन् । 

त्यस्तै ल्हेन्दे खोलाको बाढीले रसुवागढी हाइड्रोको पावर हावस जाने बेलिब्रिज जोखिममा परेको छ । 

ल्हेन्दे खोलाको बाढीले सवारीसाधन कच्याक कुचुक परेका छन् । 
 

monsoon-rasuwa-82-3-26yy (20).jpg
monsoon-rasuwa-82-3-26yy (19).jpg
monsoon-rasuwa-82-3-26yy (18).jpg
monsoon-rasuwa-82-3-26yy (17).jpg
monsoon-rasuwa-82-3-26yy (16).jpg
monsoon-rasuwa-82-3-26yy (15).jpg
monsoon-rasuwa-82-3-26yy (14).jpg
monsoon-rasuwa-82-3-26yy (13).jpg
monsoon-rasuwa-82-3-26yy (12).jpg
monsoon-rasuwa-82-3-26yy (11).jpg
monsoon-rasuwa-82-3-26yy (10).jpg
monsoon-rasuwa-82-3-26yy (9).jpg
monsoon-rasuwa-82-3-26yy (8).jpg
monsoon-rasuwa-82-3-26yy (7).jpg
monsoon-rasuwa-82-3-26yy (6).jpg
monsoon-rasuwa-82-3-26yy (5).jpg
monsoon-rasuwa-82-3-26yy (4).jpg
monsoon-rasuwa-82-3-26yy (3).jpg
monsoon-rasuwa-82-3-26yy (2).jpg
monsoon-rasuwa-82-3-26yy (1).jpg
monsoon-rasuwa-82-3-26yy (21).jpg
monsoon-rasuwa-82-3-26yy (22).jpg
monsoon-rasuwa-82-3-26yy (23).jpg
monsoon-rasuwa-82-3-26yy (24).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ