बाढी र पहिरोले पाँच राजमार्ग पूर्णरूपले अवरुद्ध, चार सडक एकतर्फी सञ्चालन
हाम्रा कुरा
प्रकाशित २०८२ असार २८ शनिबार
829
Shares
तस्बिर– धादिङको बेनिघाट रोराङ गाउँपालिका ९ स्थित पृथ्वी राजमार्गको कृष्णभिरबाट देखिएको त्रिशुली नदी र आसपासका क्षेत्र, रासस ।
काठमाडौँ । बाढी र पहिरोका कारण शनिबार देशका विभिन्न पाँच राजमार्ग अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार कोशी राजमार्ग, पासाङल्हामु राजमार्ग, भेरी करिडोर, अरनिको राजमार्ग र डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ छलघाटमा सडक अवरुद्ध भएका हुन् ।
पहिरोले अवरुद्ध भएका अन्य चार सडक एकतर्फी खुलाइएको प्रहरी प्रवक्ता विनोद घिमिरेले जानकारी दिए । रोल्पा र गुल्मी जोड्ने सहिद राजमार्ग, कालीगण्डकी करिडोरका साथै खोड्पे–बझाङ जोड्ने जयपृथ्वी राजमार्गमा सवारी साधन सञ्चालन भएका हुन् ।