प्रतिनिधि सभा बैठक बस्दै: सूचना प्रविधि, औद्योगिक सम्पत्ति र कानुन संशोधन विधेयक प्रस्तुत हुँदै
हाम्रा कुरा
प्रकाशित २०८२ असार २९ आइतबार
1.9k
Shares
काठमाडौँ। सङ्घीय संसद् प्रतिनिधि सभाको बैठक आज अपराह्न १ बजे नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा बस्दैछ।
आजको बैठकमा विभिन्न महत्त्वपूर्ण विधेयकहरू प्रस्तुत गर्ने कार्यसूची रहेको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२’ प्रस्तुत गर्नेछन्। यस विधेयकले नेपालको साइबर सुरक्षा र सूचना प्रविधि क्षेत्रलाई नियमन गर्न नयाँ कानुनी आधार तयार पार्ने अपेक्षा गरिएको छ।
यसैगरी, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक, २०८२’ प्रस्तुत गर्नेछन्। यो विधेयकले देशको औद्योगिक सम्पत्तिको संरक्षण र प्रवर्द्धनमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ।
त्यस्तै, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। यस प्रस्तावमाथि प्रतिनिधिसभामा थप छलफल हुनेछ।