arrow

काठमाडौं महानगरपालिकाको १७औं नगरसभा

कामपाको घोषणा: सामुदायिक विद्यालयमा स्पोर्ट एकेडेमी, डिजिटल शिक्षा र उद्यमशीलता क्लब स्थापना गरिने [भिडियो]

बालेन शाहद्वारा महत्वाकांक्षी नीति तथा कार्यक्रम प्रस्तुत

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार २९ आइतबार
ktm-budget.jpg

काठमाडौं। काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रमअन्तर्गत सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर र विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि महत्त्वपूर्ण घोषणा गरेको छ। मेयर बालेन्द्र शाहले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सामुदायिक विद्यालयहरूमा स्पोर्ट एकेडेमी, डिजिटल शिक्षाको व्यवस्था, र उद्यमशीलता क्लब स्थापना गरिने उल्लेख छ।

यो घोषणाले विद्यार्थीहरूलाई पढाइका साथै खेलकुद र उद्यमशीलतामा पनि प्रोत्साहन गर्ने लक्ष्य राखेको छ। डिजिटल शिक्षाको व्यवस्थाले आधुनिक प्रविधिमा विद्यार्थीहरूको पहुँच सुनिश्चित गर्नेछ भने उद्यमशीलता क्लबले भविष्यका युवा उद्यमीहरू तयार गर्न मद्दत पुर्‍याउने विश्वास लिइएको छ।

यसका साथै, महानगरपालिकाले अपाङ्गता, अटिजम र फरक क्षमता भएका विद्यार्थीहरूका लागि विशेष शिक्षण केन्द्र निर्माण गर्ने र उनीहरूका लागि सहज पहुँच पुर्‍याउन सोही अनुसारका पूर्वाधार विकास गर्ने नीति पनि लिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ