एमाले सचिवालय बैठक बस्दै: विधान महाधिवेशन, संविधान संशोधन र अडियो प्रकरणमाथि छलफल हुने
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १ बिहिबार
645
Shares
काठमाडौँ। सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक आज दिउँसो १ बजे बस्दैछ। बैठकमा पार्टीको विधान महाधिवेशनको एजेन्डा बारे छलफल हुनेछ।
यसका साथै, बैठकमा समसामयिक राजनीतिक विषयहरू माथि पनि छलफल हुने बताइएको छ। विशेषगरी, संविधान संशोधनको खाका माथि पनि छलफल हुने तयारी छ।
बैठकमा हालै चर्चामा रहेको निःवर्तमान संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीको अडियो टेप प्रकरण बारे पनि छलफल हुने बताइएको छ।