राजनीतिमा उतारचढावमा रमाउन सक्नुपर्छ : शशांक कोइराला [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ६ मंगलबार
558
Shares
काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. शशांक कोइरालाले राजनीतिमा सधैँ उतारचढाव आइरहने भएकाले त्यसमै रमाउन सक्नुपर्ने बताएका छन्। मंगलवार काठमाडौंमा आयोजित 'बीपी आत्मवृत्तान्तका कथा' नामक पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन्।
डा. कोइरालाले राजनीतिमा हुने उतारचढावमा रमाउन सक्ने व्यक्तिले मात्रै राजनीति गर्नु उपयुक्त हुने उल्लेख गरे। आफू पेसाले चिकित्सक भए पनि अहिले राजनीतिमा सक्रिय रहेको र यसैमा रमाइरहेको उनको भनाइ थियो। उनले राजनीतिमा एउटा कुरा सोचेभन्दा फरक भइदिने अनुभव सुनाए।
"मान्छेहरू मलाई सोध्छन्, डाक्टर मान्छे, राजनीति गर्दैछौ, रमाइरहेका छौ? म के भन्छु भने डाक्टरमा आफ्नो विज्ञान हुन्छ, आफ्नो हात हुन्छ अपरेशन गर्दा। राजनीतिमा सबै अन्योल हुन्छ," सांसद कोइरालाले भने, "आफूले सोचेको एउटा बाटोमा त जान्छ, हुन्छ अर्को बाटो। जसले त्यो रमाउन सक्छ त्यसले राजनीति गर्नुपर्छ। हाम्रो बाटो त यो हो तर त्यहाँ गइसकेपछि अर्को बाटो आउँछ र त्यसैमा रमाउनुपर्छ।"
सांसद कोइरालाले आफूले पनि पुस्तक लेख्ने प्रयास गरिरहेको जानकारी दिएका छन्।