प्रतिनिधि सभामा आज दुई महत्त्वपूर्ण विधेयक प्रस्तुत हुँदै
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ८ बिहिबार
1.8k
Shares
काठमाडौँ। सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा आज दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ।
यस बैठकमा दुईवटा महत्त्वपूर्ण विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरिने कार्यसूची रहेको छ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८१’ प्रस्तुत गर्नेछन्।
यसैगरी, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले पनि ‘राष्ट्रिय सभामा उत्पत्ति भएको तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१’ प्रस्तुत गर्नेछन्।