arrow

प्रतिनिधि सभा

सरकारले भुक्तानी नदिँदा रोकियो बालबालिकाको निःशुल्क मुटुरोग उपचार, राप्रपाले गरायो ध्यानाकर्षण

सरकारले भुक्तानी नदिँदा बालबालिकाको निःशुल्क मुटुरोग उपचार रोकियो: राप्रपा सांसद सिंह

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ८ बिहिबार
deepak-shing-11-23.jpg

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दीपक सिंहले सरकारले भुक्तानी नदिँदा शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रमा १५ वर्षमुनिका बालबालिकाको निःशुल्क मुटुरोग उपचार सेवा रोकिएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै सांसद सिंहले विपन्न परिवारका बालबालिकालाई मुटुरोगको उपचारका लागि सरकारले २ लाख ५० हजार रुपैयाँ अनुदान दिने निर्णय गरे पनि गत आर्थिक वर्षको भुक्तानी नभएकोले उक्त सेवा रोकिएको बताए। उनले निःशुल्क उपचार सेवा तत्काल सुचारु गर्न स्वास्थ्यमन्त्रीलाई पनि आग्रह गरेका छन्।

यसैगरी, सांसद सिंहले ‘भिजिट भिसा’ प्रकरणको छानबिनका लागि संसदीय छानबिन समिति गठन नभएसम्म राप्रपाले संसद बहिष्कार गर्ने घोषणा पनि गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ