अख्तियारसम्बन्धी विधेयक थन्क्याएर राखेको भन्दै कांग्रेस सांसद थानीको आपत्ति [भिडियो]
संसदीय उपसमितिले गत पुस ४ गते नै पारित गरेर मुल समितिमा बुझाइसकेको विधेयकमाथि अझै छलफल नगरिएकोमा प्रश्न
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ८ बिहिबार
581
Shares
काठमाडौँ । नेपाली कांग्रेसका सांसद हृदयराम थानीले अख्तियारसम्बन्धी विधेयकलाई संसदीय समितिमा लामो समयदेखि थन्क्याएर राखिएको भन्दै आपत्ति जनाएका छन्। बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले उक्त विधेयकमाथि तत्काल छलफल सुरु गर्न सभामुखको ध्यानाकर्षण गराएका हुन्।
सांसद थानीले संसदीय उपसमितिले गत पुस ४ गते नै पारित गरेर मुल समितिमा बुझाइसकेको विधेयकमाथि अझै छलफल नगरिएकोमा प्रश्न उठाए। अहिले यो विधेयक प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा रहेको छ।
उनले सँगै ल्याइएको भ्रष्टाचारसम्बन्धी विधेयकले कानुनको रूप लिइसकेको अवस्थामा पनि अख्तियारसम्बन्धी विधेयक रोकिनुको कारणमाथि प्रश्न उठाए। सांसद थानीले ठूला भ्रष्टाचारहरू नीतिगत निर्णयबाट हुने गरेको भन्दै यदि विधेयक नीतिगत निर्णयको व्याख्याकै कारण रोकिएको हो भने त्यो देशका लागि राम्रो नहुने बताए।
उनले विधेयकमाथि छलफल गराउन सरकारलाई 'रुलिङ' गर्न सभामुखसँग आग्रह गरेका छन्।