arrow

प्रतिनिधि सभा बैठक बस्दै, तिलगङ्गा विश्वविद्यालय विधेयकमाथि छलफल हुने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ९ शुक्रबार
Parliament_building-1619601493.png

काठमाडौँ। सङ्घीय संसद् प्रतिनिधि सभाको बैठक आज दिउँसो १:०० बजे नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा बस्दैछ।

आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘राष्ट्रियसभामा उत्पत्ति भएको तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

यो विधेयक २०८१ असार ४ गते राष्ट्रियसभामा दर्ता भई सोही सभाबाट २०८१ चैत ४ गते पारित भएको थियो।

विधेयकले ‘आँखा स्वास्थ्य शिक्षाको क्षेत्रमा अध्ययन, अध्यापन तथा अनुसन्धान गर्न, विशेषज्ञ सेवासहितको स्वास्थ्य सेवा प्रदान गर्न तथा नवीनतम् प्रविधिको विकास र विस्तार गरी आँखा स्वास्थ्यको क्षेत्रमा उत्कृष्ट प्राज्ञिक केन्द्रका रूपमा विश्वविद्यालय स्थापना तथा सञ्चालन गर्न’ सहयोग पुर्‍याउने लक्ष्य राखेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ