arrow

बागमती प्रदेशमा अर्का मन्त्रीले दिए राजीनामा

अविश्वास प्रस्तावमाथि छलफल जारी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १३ मंगलबार
bagmati-province-chief-minister-office.jpg

बागमती । बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री श्यामबहादुर खड्काले आज आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले मुख्यमन्त्री बहादुरसिंह लामा तामाङलाई राजीनामा बुझाएका हुन्।

मन्त्री खड्काको राजीनामा, प्रदेश कांग्रेस संसदीय दलको कार्यालयमा दलका नेता तथा मुख्यमन्त्री लामाविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि छलफल भइरहेका बेला आएको छ।

यसअघि गत शुक्रबार पनि कांग्रेसबाटै प्रदेश सरकारमा सहभागी रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी, सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठ, र युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले राजीनामा दिएका थिए। सोही दिन मुख्यमन्त्री लामाले ती चारै मन्त्रीलाई पदमुक्त गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ