arrow

देश बनाउन सबैले असल काम गर्नुपर्छः अध्यक्ष बिजुक्छेँ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १८ आइतबार
narayanman-bijukche-81.jpg

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ ‘रोहित’ ले कर्मचारीदेखि प्राविधिकसम्म सबैले असल काम गरे मात्रै देश बन्ने बताएका छन् ।

निओ फ्युजन स्कुल अफ कम्प्युटर इन्स्टिच्युटको कार्यक्रममा उनले कर्मचारी र प्राविधिकको गलत नियतले देश बिग्रदै गएको बताए । 

अध्यक्ष बिजुक्छेँले भने, “हाल देशमा प्राविधिकतन्त्रले अपेक्षित योगदान दिन सकेको छैन, कर्मचारीतन्त्र र प्राविधिकतन्त्रले ध्यान नदिँदा देश विकास हुन सकिरहेको छैन, यदि कर्मचारी र प्राविधिक मात्रै ठिक हुने हो भने धेरै समस्या समाधान हुनेछ, विकासले गतिलिने छ ।”

उनले नयाँ पुस्तालाई केवल प्राविधिक ज्ञानमा सीमित नराखी सदाचार, समाज सेवा र राजनीतिक चेतनासहितको शिक्षा दिनुपर्ने आवश्यकता औँल्याए । 

कार्यक्रममा देशभरका विभिन्न ५४ वटा विद्यालय तथा क्याम्पसका विद्यार्थीहरूको सहभागिता रहेको थियो । 

इन्स्टिच्युटका अध्यक्ष बालकृष्ण बनमालाले कला क्षेत्रमा गरेको योगदानका लागि भक्तपुरका चर्चित कलाकार रामशरण प्रजापतिलाई सम्मान गरिएको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ