'कुलिङ पिरियड' छानबिन समितिमाथि हस्तक्षेप भएको सांसद कुँवरको आरोप [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २० मंगलबार
583
Shares
काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का सांसद शेरबहादुर कुँवरले 'कुलिङ पिरियड' सम्बन्धी छानबिन गर्न गठित संसदीय समितिमाथि ठूला दलका शीर्ष नेता र उच्च पदस्थ कर्मचारीले हस्तक्षेप गरेको आरोप लगाएका छन्। आज प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै उनले यस्तो हस्तक्षेप खेदजनक भएको बताए।
सांसद कुँवरले गत असार २३ गते गठन भएको संसदीय छानबिन समितिको समयसीमा सकिँदा पनि प्रतिवेदन नआएकोमा आपत्ति जनाए। उनले मिडियामा आएजस्तै यदि समितिमाथि साँच्चिकै हस्तक्षेप भएको हो भने त्यो गम्भीर विषय भएको बताएका छन्।
उनले छानबिन समितिको प्रतिवेदन छिटोभन्दा छिटो सार्वजनिक गर्न सरकारलाई आग्रह गरे। यस्तो संवेदनशील विषयमा हुने ढिलाइ र हस्तक्षेपले संसदीय प्रक्रियाको विश्वसनीयतामाथि प्रश्न उठाउन सक्छ।