arrow

प्रतिनिधि सभामा उद्योगमन्त्री

खरिढुङ्गा म्याग्नेसाइट उद्योग सञ्चालनबारे डीडीए अध्ययन प्रतिवेदनले निर्णय गर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २० मंगलबार
damodhar.jpg

काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दोलखाको खरिढुङ्गामा रहेको म्याग्नेसाइट उद्योग (नेपाल ओरियन्ट म्याग्नेसाइट प्रा.लि.) सञ्चालन गर्ने वा नगर्ने भन्ने निर्णय डीडीए अध्ययन प्रतिवेदनको आधारमा गरिने बताएका छन्।

प्रतिनिधि सभाको बैठकमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिँदै मन्त्री भण्डारीले सरकारी लगानीमा रहेका रुग्ण प्रतिष्ठानहरूको व्यवस्थापनका लागि अध्ययन कार्यदल गठन गरिएको जानकारी दिए। मन्त्रिपरिषद्को २०८२ वैशाख १५ गतेको बैठकले नेपाल ओरियन्ट म्याग्नेसाइट प्रा.लि.सहित सातवटा प्रतिष्ठानको सरकारी लगानी व्यवस्थापन गर्न स्वीकृति दिएको थियो।

यसैअनुसार, अर्थ मन्त्रालयले डिडि गर्नका लागि अध्ययन टोली गठन गरेको छ। मन्त्री भण्डारीले उक्त प्रतिवेदनको विश्लेषणपश्चात् नै उद्योग सञ्चालनका लागि उपयुक्त विकल्प छनोट गरिने बताए।

सरकारले बन्द अवस्थामा रहेका प्रतिष्ठानहरूको पुनःसञ्चालनका लागि विभिन्न छलफल र प्रस्तुतीकरणहरू गरिरहेको पनि मन्त्री भण्डारीले जानकारी दिएका छन्। उनले २०८० माघ २५ गते नै अर्थ मन्त्रालयमार्फत सरकारी लगानी समितिलाई रुग्ण प्रतिष्ठानहरूमा भएको सरकारी लगानी व्यवस्थापनका लागि पत्राचार गरिसकेको बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ