arrow

प्रतिनिधि सभामा औद्योगिक सम्पत्ति र भन्सार विधेयकमाथि छलफल हुँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २१ बुधबार
Parliament_building-1619601493.png

काठमाडौँ। सङ्घीय संसद्, प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे नयाँ बानेश्वरमा बस्दैछ। आजको बैठकमा महत्त्वपूर्ण विधेयकहरूमाथि छलफल हुने कार्यसूची रहेको छ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक, २०८२’ माथि छलफलका लागि प्रस्ताव प्रस्तुत गर्नेछन्।

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘भन्सार विधेयक, २०८०’ मा राष्ट्रिय सभाले गरेका संशोधनहरूमाथि छलफलका लागि प्रस्ताव राख्नेछन्।

यी दुई विधेयकले देशको उद्योग, व्यापार र आर्थिक नीतिमा ठूलो प्रभाव पार्न सक्नेछन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ