arrow

स्थलगत अध्ययन प्रतिवेदन पारित

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २३ शुक्रबार
udhyyog-samiti-82-4-23.jpg

काठमाडौँ । प्रतिनिधि सभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले विभिन्न समयमा अन्तर्गतका उपसमितिले गरेको स्थलगत अनुगमन र अन्तरक्रिया सम्बन्धी प्रतिवेदन पारित गरेको छ । 

समितिको आजको बैठकले विभिन्न औद्योगिक प्रतिष्ठान, स्थानीय बजार, भन्सार कार्यालयलगायत क्षेत्रको स्थलगत अनुगमन तथा मधेस र बागमती प्रदेशसभा अन्तर्गतका विषयगत समितिसँग गरिएको अन्तरक्रिया सम्बन्धी प्रतिवेदन पारित गरेको हो ।
 
समिति अन्तर्गत गठित विभिन्न समितिले बाँके, बर्दिया, सुर्खेतका उद्योग तथा भन्सार कार्यालय, झापा मोरङ, सुनसरी र उदयपुरका उद्योग तथा भन्सार कार्यालय, मकवानपुर र धनुषाका अन्तरक्रिया, स्पन्ज आइरन र विलेट्स उद्योगको अनुगमन तथा रुपन्देही, दाङ, नवलपरासी (बर्दघाट सुस्ता पूर्व र पश्चिम) का उद्योग र भन्सार कार्यालयको अनुगमन गरेको थियो । 

यस्तै समितिले नेपाल औषधि लिमिटेड र त्रिभुवन विश्वविद्यालय, केन्द्रीय क्याम्पस कीर्तिपुरको छात्रावासको स्थलगत अध्ययन गरी सरोकारवालालाई निर्देशन दिएको थियो ।

समितिका सभापति अब्दुल खानले उपसमितिले दिएका प्रतिवेदनलाई एकीकृत गरी मूल प्रतिवेदन तयार गरिने र छिट्टै संसद्मा पेस गरिने बताए । समितिका सदस्यहरुले संसद्मा पेस गरेर कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिनुपर्ने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ