arrow

भियना महासन्धिको उल्लंघन गर्दै पाकिस्तानले रोक्यो भारतीय कूटनीतिज्ञहरूको घरमा आपूर्ति

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २७ मंगलबार
India-pakistan.jpeg
तस्बिर – फाइल ।

इस्लामाबाद । पाकिस्तानले इस्लामाबादमा रहेका भारतीय कूटनीतिज्ञहरूको घरमा ग्यास आपूर्ति बन्द गरेको छ। यसबाहेक स्थानीय ग्यास सिलिन्डर आपूर्तिकर्ताहरूलाई पनि भारतीय कूटनीतिज्ञहरूलाई सिलिन्डर नबेच्न निर्देशन दिइएको छ ।

इन्डिया टुडेको रिपोर्ट अनुसार, इस्लामाबादले मिनरल वाटर र पत्रपत्रिकाहरूको आपूर्ति पनि बन्द गरेको छ । भारतको अपरेशन सिन्दूरपछि पाकिस्तानले बदला लिने कारबाहीको रूपमा यो निर्णय लिएको छ।

रिपोर्ट अनुसार यो कदम पाकिस्तानको गुप्तचर एजेन्सी आईएसआईको योजनाको एक हिस्सा हो । यस अन्तर्गत पाकिस्तानले बदलाको साना कारबाही गरिरहेको छ ।

पाकिस्तानले पहिले पनि यस्ता कार्यहरू गरिसकेको छ । सन् २०१९ मा पुलवामा आक्रमणको प्रतिक्रियामा भारतको हवाई हमलापछि पाकिस्तानी अधिकारीहरूले भारतीय कूटनीतिज्ञहरूलाई यस्तै तरिकाले सताएका थिए ।

बदलाको कदमको रूपमा भारतले दिल्लीमा तैनाथ पाकिस्तानी कूटनीतिज्ञहरूलाई पत्रपत्रिका पुर्‍याउन पनि रोक लगाएको छ ।

पाकिस्तानको यो कदम भियना महासन्धिको उल्लङ्घन 

ग्यास, पानी र पत्रपत्रिका बन्द गर्ने पाकिस्तानको निर्णय कूटनीतिक सम्बन्ध सम्बन्धी भियना महासन्धि (१९६१) को उल्लङ्घन हो।

महासन्धिको धारा २५ अनुसार, आयोजक देशले कूटनीतिक नियोगको सुचारु सञ्चालनका लागि सबै सुविधाहरू प्रदान गर्नुपर्छ।

पाकिस्तानले जानाजानी यी आधारभूत आपूर्तिहरू रोकेर नियोगको काम र कूटनीतिज्ञहरूको दैनिक जीवनमा अवरोध पुर्‍यायो। महासन्धिको उद्देश्य कूटनीतिज्ञहरूले डर र हस्तक्षेप बिना काम गर्न सकून् भन्ने हो । पाकिस्तानको यी कार्यहरू डर र दबाबको वातावरण सिर्जना गर्ने प्रत्यक्ष प्रयास हो।

पहलगाम आक्रमणपछि भारतले सिन्धू जल सन्धि निलम्बन गर्‍यो । स्थानीय मानिसहरूको भीडले निर्णयको विरोधमा भारतीय उच्चायोग बाहिर हंगामा मच्चायो ।

यस क्रममा केही व्यक्तिहरूले गेटबाट हाम फालेर भित्र पस्ने प्रयास गरे र भारत विरोधी नारा पनि लगाए । पाकिस्तानमाथि भारतीय उच्चायोग बाहिरबाट जानाजानी सुरक्षा हटाएको आरोप लगाइएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ