arrow

प्रतिनिधि सभा

भिजिट भिसा दुरुपयोगको छानबिनमा संसदको बेवास्ताप्रति आपत्ति

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २७ मंगलबार
samsad-news.jpg

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद विना लामाले भिजिट भिसा दुरुपयोग प्रकरणको छानबिनका लागि संसदले कुनै पहल नगरेको भन्दै आपत्ति जनाएकी छन्।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै उनले सरकारले यो प्रकरणको छानबिन रोक्ने नियतलाई संसदले समेत साथ दिएको आरोप लगाइन्। उनले भिजिट भिसा दुरुपयोगमा गृह मन्त्रालयका उच्च पदस्थ कर्मचारीको संलग्नता रहेको भन्दै यसको स्वतन्त्र छानबिनका लागि सदनले कुनै पहल नगर्नु दुःखद भएको बताइन्।

सांसद लामाले सरकारले छानबिन गर्नुको सट्टा कुन गृह मन्त्रालयको पालामा कति जना विदेश गए भनेर विषयलाई मोड्न खोजेको आरोप पनि लगाइन्। यसै विषयको छानबिनको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपाका सांसदहरूले आज पनि बैठकमा आफ्ना कुरा राखेर संसद बहिष्कार गर्दै बाहिरिएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ