सांसद बस्नेतको प्रश्न - विद्यालय शिक्षा विधेयकमा ढिलाइ हुनुको मुख्य जिम्मेवार को हो ?
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २७ मंगलबार
1.9k
Shares
काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का सांसद शक्तिबहादुर बस्नेतले विद्यालय शिक्षा विधेयक पास गर्न ढिलाइ गरेको भन्दै सरकारको आलोचना गरेका छन्। प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै उनले शिक्षा विधेयकमा भएको ढिलाइको कारणबारे सरकारले स्पष्टीकरण दिनुपर्ने बताएका छन्।
सांसद बस्नेतले शिक्षक महासंघसँग असार १५ भित्र विधेयक पास गर्ने भनी गरिएको प्रतिबद्धता पूरा नहुनु सरकारकै कमजोरी भएको आरोप लगाए। उनले सरकारले खोक्रा कुरा गरेर आफ्नो औचित्य पुष्टि गर्न नसक्ने भन्दै सुशासनको प्रत्याभूति दिने र जनताको हितमा काम गर्नुपर्नेमा जोड दिए। उनले भने, "शिक्षक महासंघलाई हामीले असार १५ गतेभित्र शिक्षा विधेयक पास गर्ने भनेका थियौं। अहिले शिक्षा विधेयक कहाँ छ? यसमा ढिलाइ हुनुमा को जिम्मेवार हो? यसको जवाफ दिन जरुरी छ।"
सांसद बस्नेतले कैलाली कारागारमा कैदीबन्दीबीच भएको झडपको प्रसंग उठाउँदै कारागार सुधार कार्यविधि बनाउन पनि सरकारको ध्यानाकर्षण गराए।