arrow

कुकुरमा ‘पार्वो भाइरस’को सङ्क्रमण, सतर्कता अपनाउन आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ३ मंगलबार
Rabies-dog-mad.jpg

कञ्चनपुर। शुक्लाफाँटा नगरपालिकामा पालिएका कुकुरहरूमा ‘पार्वो भाइरस’ को सङ्क्रमण देखिएको छ। नगरपालिकाको पशु विकास शाखामा उपचारका लागि ल्याइएका कुकुरहरूमा पहिलोपटक यो भाइरसको पुष्टि भएको हो।

पशु चिकित्सक भोजराज पाण्डेयका अनुसार, बाहिरी क्षेत्रबाट खरिद गरी ल्याइएको कुकुरमा यो भाइरस देखिएको हो। उनले ६ महिनादेखि २ वर्षसम्मका कुकुरमा यो सङ्क्रमण तीव्र गतिमा फैलिने बताए। ‘एक्जोटिक ब्रिड्स’ भनिने बाहिरी देशबाट ल्याइएका विशेष प्रजातिका कुकुरहरूमा यसको सङ्क्रमण बढी हुने गर्छ।

पार्वो भाइरसबाट सङ्क्रमित कुकुरमा रगतसहितको पातलो र गन्हाउने दिसा हुने, वाकवाकी लाग्ने, चिसो ठाउँमा बस्न रुचाउने र खानापानीमा रुचि नराख्ने जस्ता लक्षणहरू देखा पर्छन्। पशु चिकित्सक पाण्डेयले यस्ता लक्षण देखिएमा तुरुन्तै पशु चिकित्सालयमा सम्पर्क गर्नुपर्ने सुझाव दिएका छन्। यो भाइरसको सङ्क्रमण भएका कुकुरमा मृत्युदर उच्च हुने भएकाले समयमै उपचार आवश्यक छ।

पशु शाखा प्रमुख रामप्रसाद भट्टले यो भाइरस रोकथाम गर्न सकिने भएकाले कुकुर पालकहरूलाई समयमै खोप लगाउन आग्रह गरेका छन्। कुकुर जन्मेको ६ देखि ८ हप्ताको उमेरमा पार्वो भाइरसविरुद्धको नियमित खोप लगाउनुपर्ने हुन्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ