arrow

प्रतिनिधि सभामा प्रधानमन्त्रीले जवाफ दिँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ४ बुधबार
kp-oli-82-4-28tt.jpg

काठमाडौँ। संघीय संसद प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बस्दैछ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ दिने कार्यक्रम रहेको छ।

साथै, बैठकमा महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साहले ‘बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

यसबाहेक, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव पनि पेस गरिनेछ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ