आतंकवादका पीडितहरूको सम्झना र सम्मानमा आज अन्तर्राष्ट्रिय दिवस
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ५ बिहिबार
480
Shares
काठमाडौँ। आज आतंकवादका पीडित र जीवितलाई सम्मान गर्ने अन्तर्राष्ट्रिय दिवस हो। संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २०१७ देखि हरेक वर्ष अगस्ट २१ मा यो दिवस मनाइन्छ।
यो दिवसको मुख्य उद्देश्य आतंकवादबाट पीडित भएका र त्यसबाट बाँचेका व्यक्तिहरूलाई सम्मान र समर्थन प्रदान गर्नु हो। साथै, उनीहरूको मानवअधिकारको पूर्ण उपयोगलाई प्रवर्द्धन गर्ने यसको लक्ष्य रहेको छ।
आतंकवादले हरेक वर्ष हजारौँ निर्दोष मानिसहरूको ज्यान लिइरहेको छ। विश्वभर यसको निन्दा भए पनि पीडितहरू अझै पनि न्यायका लागि सङ्घर्ष गरिरहेका छन्। यसैले, संयुक्त राष्ट्रसङ्घसहित विश्वका विभिन्न मुलुकमा यस दिवसको अवसरमा श्रद्धाञ्जलि सभा र अन्य कार्यक्रमहरू आयोजना गरिन्छ।