arrow

दुवै सभाको बैठक बस्दै,  विभिन्न विधेयकमाथि मन्त्रीले प्रस्ताव पेश गर्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ६ शुक्रबार
Parliament_building-1619601493.png

काठमाडौँ। सङ्घीय संसद्, प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आज बस्दैछ। दुवै सदनमा विभिन्न मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नोत्तर र महत्त्वपूर्ण विधेयकहरूमाथि छलफल हुने कार्यसूची रहेको छ।

प्रतिनिधि सभाको बैठक दिउँसो १:०० बजे सुरु हुनेछ। आजको बैठकमा ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ लाई पारित गर्ने मुख्य कार्यसूची रहेको छ। 

साथै, कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले ‘नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्नेछन्। 

यसैगरी, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ र युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले आ-आफ्ना मन्त्रालयसँग सम्बन्धित विधेयकहरूलाई दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

राष्ट्रिय सभाको बैठक भने १२:१५ बजे बस्दैछ। आजको बैठकमा गृहमन्त्री रमेश लेखकले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित प्रतिनिधिसभाबाट प्राप्त ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’ माथि छलफल गरी पारित गर्ने प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची रहेको छ। 

साथै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ