arrow

कोशीले संविधान दिवस मनाउन बनायो पाँच सय एक सदस्यीय मूल समारोह समिति

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ११ बुधबार
hikmat-bahadur-karki-koshi.jpg

विराटनगर । कोशी प्रदेश सरकारले संविधान दिवसलाई भव्य रुपमा मनाउने तयारी गरेको छ ।

कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बुधबार बसेको बैठकले तयारी भव्य रुपमा गर्ने निर्णय गरेको हो ।

सरकारका सबै मन्त्रीहरु, सचिवहरू, सामाजिक क्षेत्रका संघसंस्थाको उपस्थितिमा भएको बैठकले पाँच सय एक सदस्य मूल समारोह समिति गठन गरेको छ । 

यस्तै बैठकले आगामी असोज ३ गतेको संविधान दिवसलाई भव्य रुपमा मनाउने र तीन दिनसम्म विविध कार्यक्रमहरू गर्ने निर्णय गरेको छ । 

वक्तृत्वकला प्रतियोगिता, स्वास्थ्य शिविर, प्रभातफेरी, झाँकी प्रदर्शनी, जिल्लाजिल्लामा, प्रदेश सरकारका सेवाहरू देखिनेगरी कार्यक्रम गर्ने निर्णय गरिएको छ ।

बैठकमा मुख्यमन्त्री कार्कीले प्रदेशभित्रका सबै संघसंस्थालाई संविधान दिवस भव्य रुपमा मनाउन आग्रह गरे । उनले प्रदेशका मौलिकताहरू झल्किने झाँकी र जातजातिका विशेषता झल्किने प्रदर्शनीहरू गर्न पनि निर्देशन दिएका छन् । 

आन्तरिक मामिला तथा कानुन मन्त्रालयको समन्वयमा कोशी प्रदेशमा संविधान दिवस मनाउने तयारी गरिएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ