काठमाडौं। आज आणविक परीक्षणविरुद्धको अन्तर्राष्ट्रिय दिवस हो। सन् २०१० देखि संयुक्त राष्ट्रसङ्घको आह्वानमा आणविक हतियारहरूको पूर्ण उन्मूलनका लागि विश्व समुदायलाई एकजुट बनाउने उद्देश्यले यो दिवस मनाउन सुरु गरिएको हो।
यो दिवसको मुख्य उद्देश्य आणविक हतियारले निम्त्याउने विनाशबारे जनचेतना फैलाउनु हो। यस अवसरमा विभिन्न देशमा सम्मेलन, चेतनामूलक कार्यक्रम र सञ्चारमाध्यमबाट सामग्री प्रकाशन गरी आणविक हतियारको जोखिमबारे सचेतना जगाइन्छ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले यस दिवसका अवसरमा दिएको सन्देशमा विगतका २,००० भन्दा बढी आणविक हतियार परीक्षणलाई नबिर्सन र भविष्यमा त्यस्ता गतिविधि नदोहोर्याउने प्रण गर्न आग्रह गरेका छन्।