arrow

सार्वजनिक बिदा दिने मुख्यमन्त्रीलाई सम्मान

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १६ सोमबार
karam-puja-bida.jpg

विराटनगर। कोशी प्रदेश सरकारले करम पूजा पर्वमा सार्वजनिक बिदा दिने निर्णय गरेपछि झाँगड उराँव समुदायले खुसी व्यक्त गरेको छ। सोही खुसीस्वरूप नेपाल झाँगड उराँव युवा मोर्चाले आज कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई सम्मान गरेको छ।

गत वर्षदेखि करम पूजा पर्वमा बिदा दिन थालेको प्रदेश सरकारको यो कदमले समुदायको भाषा, संस्कृति र पहिचानलाई सम्मान गरेको भन्दै समुदायका अगुवा छेबीलाल उराँवले धन्यवाद व्यक्त गरेका छन्। मुख्यमन्त्रीको कार्यालयमा आयोजित कार्यक्रममा युवा मोर्चाका अध्यक्ष देवनारायण उराँवलगायतका प्रतिनिधिले मुख्यमन्त्री कार्कीलाई सम्मानपत्र हस्तान्तरण गरेका थिए।

सम्मान ग्रहण गर्दै मुख्यमन्त्री कार्कीले झाँगड उराँव समुदाय लोपोन्मुख अवस्थामा रहेको बताउँदै उनीहरूको संरक्षण, संवर्द्धन र पहिचानको रक्षा गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए।

झाँगड उराँव समुदायले हरेक वर्ष भाद्र महिनाको अनन्त चतुर्दशी र पूर्णिमाका दिन करम पूजा मनाउने गर्छन्। २०७८ सालको जनगणनाअनुसार, नेपालमा करिब ४१ हजार झाँगड उराँवहरू छन्, जसको मुख्य बसोबास मोरङ, सुनसरी र झापा जिल्लामा रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ