arrow

विश्वभर ‘अन्तर्राष्ट्रिय परोपकार दिवस’ मनाइँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २० शुक्रबार
mpther-teresa-united-nation-design.jpg

काठमाडौं। आज ‘अन्तर्राष्ट्रिय परोपकार दिवस’ विश्वभर मनाइँदैछ। यो दिवस विशेष गरी निर्धन र असहायको सेवामा जीवन समर्पित गरेकी मदर टेरेसाको स्मरण गर्दै परोपकारी गतिविधिहरूसँग मनाउने गरिन्छ।

सन् २०१२ देखि संयुक्त राष्ट्रसङ्घको आह्वानमा यो दिवस मनाउन सुरु गरिएको हो। यसको मुख्य उद्देश्य असमानता, गरिबी र विविध पीडाबाट ग्रसित समुदायका मानिसहरूलाई सहयोग गर्नु हो।

राष्ट्रसङ्घले पारदर्शी ढंगले निर्धनलाई सहयोग गर्न, युवा नेतृत्व विकास गर्न, र जलवायु परिवर्तन तथा गरिबीका कारण आधारभूत आवश्यकताबाट वञ्चित भएका मानिसहरूलाई सहयोग गर्न उदार मनले परोपकारी गतिविधिहरू सञ्चालन गर्न जोड दिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ