arrow

'मानव बेचबिखनविरुद्धको १९ औँ राष्ट्रिय दिवस' मनाइँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २० शुक्रबार
nawalkishor-sudi.jpg

काठमाडौँ । आज 'तीनै तहका सरकार मिली गरौँ हातेमालो: मानव बेचबिखनको हटाऔँ दुष्चक्रको जालो' भन्ने नाराका साथ १९ औँ राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस मनाइँदैछ।

यस अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले शुभकामना सन्देश जारी गर्दै मानव बेचबिखन, विशेषगरी बालबालिका र किशोरीहरूको बेचबिखनलाई न्यूनीकरण गर्न सरकारले विभिन्न चेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिरहेको बताएका छन्।

मन्त्री सुडीले आफ्नो सन्देशमा मानव बेचबिखन तथा ओसारपसार एक जघन्य र दण्डनीय अपराध भएको उल्लेख गर्दै यसको रोकथाम, नियन्त्रण, र पीडितको उद्धार, पुनःस्थापना तथा कानुनी उपचारका लागि सरकारले विभिन्न प्रयास गरिरहेको जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ