arrow

काठमाडौँमा अर्को आदेश नभएसम्म कर्फ्यू जारी

यी हुन् कर्फ्यू लागू भएको क्षेत्र

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २४ मंगलबार
ktm-valley-nepal.jpg

काठमाडौं। जिल्ला प्रशासन कार्यालय, काठमाडौँले आज बिहान ८ः३० बजेदेखि लागू हुने गरी अर्को आदेश नभएसम्मका लागि काठमाडौँ महानगरपालिकाको चक्रपथभित्र कर्फ्यू आदेश जारी गरेको छ।

यो आदेश स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम जारी गरिएको हो। कर्फ्यू लागू भएको क्षेत्रभित्र कुनै पनि व्यक्तिलाई हिँडडुल गर्न, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउ गर्न निषेध गरिएको छ।

कर्फ्यू लागू भएको क्षेत्र
काठमाडौँ महानगरपालिकाको चक्रपथभित्रको सम्पूर्ण भूभाग।

चार किल्ला: वालकुमारी पुलदेखि कोटेश्वर चोक, सिनामंगल, गौशाला, चावहिल, नारायणगोपाल चोक, गोङ्गबु, बालाजु, स्वयम्भू, कलंकी, बल्खु हुँदै बागमती नदी पुलसम्मको चक्रपथभित्रको सम्पूर्ण भाग।

प्रशासनद्वारा जारी विज्ञप्तिअनुसार, कर्फ्यूको अवधिमा पनि अत्यावश्यक सेवाका सवारी साधनहरू, जस्तै: एम्बुलेन्स, दमकल, शव वाहन, स्वास्थ्यकर्मीका सवारी साधन, सञ्चारकर्मी, पर्यटक सवारी, मानव अधिकार तथा कूटनीतिक नियोगका सवारी र हवाई टिकटको आधारमा हवाई यात्रुहरूको आवतजावतमा सुरक्षाकर्मीले सहजीकरण गर्नेछन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ