arrow

बस्दै कांग्रेस बैठक, कार्यसम्पादनका नाममा समय खेर नफाली सरकारबाट प्रतिनिधि फिर्ता बोलाउन शिवाकोटीको माग

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २४ मंगलबार
ajayababu-shiwakoti-82-3-1.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपालको कांग्रेसको कार्यसम्पादन समितिको बैठक मंगलबार बिहान बस्दैछ। बिहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बिहान ९ बजेदेखि बस्ने बैठकमा पदाधिकारी तथा पूर्व पदाधिकारी समेटेर कार्यसम्पादन समितिको बैठक बस्न लागेको हो । 

बैठकमा सोमबार जेन–जी समूहको आन्दोलन र सो आन्दोलनमा राज्यले गरेको दमनका विषयमा निर्णय लिइने छ । तर यो बैठकले गम्भीर निर्णय लिनुपर्ने माग भइरहेको छ । 

कांग्रेस केन्द्रीय सदस्य अजयाबाबु शिवाकोटीले पदाधिकारी पूर्व पदाधिकारी कार्यसम्पादन भन्ने नाममा नेपाली कांग्रेसले तहगत बैठक गरेर समय खेर नफालोस् भनी आग्रह गरेका छन् । 

उनले सामाजिक सञ्जालमा सन्देश प्रवाह गर्दै ‘रगतको आहालमा डुबेको यो सरकारमा रहेका आफ्ना प्रतिनिधिहरू तत्काल फिर्ता बोलाओस्। केन्द्रीय समितिको बैठक तत्काल बोलाइयोस्’ भनी माग गरेका छन् । 

उनले सभापति देउवालाई अझै पनि सरकारको मोह छ भने संस्थापन इतर समूहबाट सरकारमा पठाइएका मन्त्रीहरुलाई राजीनामा दिन लगाएर फिर्ता बोलाउन पनि माग गरेका छन् । 

उनले लेखेका छन्, ‘सभापतिजीलाई अझै पनि सरकारको मोह छ भने महामन्त्री गगन थापा र वरिष्ठ नेता डाक्टर शेखर कोइरालाले मन्त्रिपरिषदमा पठाएका मन्त्रीहरूलाई राजीनामा दिन लगाएर फिर्ता बोलाइयोस् ।’

नेता शिवाकोटीले देशमा र पार्टीमा प्नपिरहेको भ्रष्टाचार र कुशासन जरैबाट उखाल्ने कामका लागि आम नागरिकको पंक्तिमा नेपाली कांग्रेसका देशभरका नेता कार्यकर्ताहरू तथा शुभेच्छुकहरू एकजुट बनौँ । जय नेपाल ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ