काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को खुमलटारस्थित निवासमा प्रदर्शनकारीहरूले तोडफोड गरेका छन्।
अध्यक्ष दाहालका स्वकीय सचिव गोविन्द आचार्यले प्रदर्शनकारीले निवासमा तोडफोड गर्नुका साथै आगजनीको प्रयाससमेत गरेको बताए।
सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र भ्रष्टाचारलगायतका विषयमा जेन-जी पुस्ताले सोमबारदेखि काठमाडौं उपत्यकासहित देशभर विभिन्न स्थानमा प्रदर्शन गरिरहेका छन्।