बाजुरा । बाजुरामा पनि जेनजीको आन्दोलन शुरू भएको छ ।
मङ्गलबार जिल्लाको सदरमुकाम मार्तडीसहित जिल्लाका पूर्वी उत्तरी भेगको कोल्टी, पिलिचौर लगायत विभिन्न स्थानमा जेनजी पुस्ताले प्रदर्शन शुरू गरेका हुन् ।
मंगलबार बिहान ११ बजेदेखि जेनजी पुस्ताले प्रदर्शन गरेका हुन् । सदरमुकाम मार्तडी, बूढीगङ्गा नगरपालिकाको बाम्का बजार, बूढीनन्दा नगरपालिकाको कोल्टी, जगन्नाथ गाउँपालिकाको पिलिचौर सहितका प्रमुख व्यापारी ठाउँमा जेनजी पुस्ताले आन्दोलन गरेका छन् ।
जेनजी पुस्ताले बाजुरामा पनि आन्दोलन चर्काएपछि अहिले सुरक्षा सतर्कता बलियो पारिएको छ ।
युवापुस्ता धमाधम सडकमा उत्रिन थालेपछि जिल्ला प्रशासन कार्यालयले आवश्यक सतर्कता अपनाउन आग्रहसमेत गरेको छ ।