सिंहदरबार छिर्ने प्रयासमा प्रदर्शनकारी, पश्चिम गेटमा आगजनी
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २४ मंगलबार
720
Shares
काठमाडौं। जेन-जी आन्दोलनमा सहभागी प्रदर्शनकारीहरूले सिंहदरबारको पश्चिम गेटमा आगजनी गरेका छन्। मंगलबार सिंहदरबारभित्र छिर्न खोज्दा प्रहरीले रोकेपछि उनीहरूले गेटअगाडि नै आगो लगाएका हुन्।
काठमाडौंको नयाँ बानेश्वर र माइतीघरमा जेन-जीको प्रदर्शनमा सहभागी १९ जनाको मृत्यु भएपछि आन्दोलन झन् भड्किएको छ।
आज प्रदर्शनकारीहरूले विभिन्न राजनीतिक दलका पार्टी कार्यालय, नेताहरूको निजी निवास र सरकारी सम्पत्तिमा तोडफोड तथा आगजनी गरिरहेका छन्।