-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ। जेन-जी आन्दोलनकारीले मंगलबार दिउँसो कोशी प्रदेशका सरकारी कार्यालयहरूमा आगजनी गरेका छन्।
प्रदेशसभा भवनमा आगजनी गरेपछि उनीहरूले मुख्यमन्त्री कार्यालयमा पनि आगो लगाएका छन्।
आन्दोलनकारीले जिल्ला प्रशासन कार्यालय, मोरङ र त्यसको नजिकै रहेको हुलाक निर्देशनालयमा पनि आगजनी गरेका छन्।
आक्रोशित प्रदर्शनकारीको समूहले सरकारी कार्यालयहरूलाई निशाना बनाउँदै खोजेर आगजनी गरिरहेको बताइएको छ।