काठमाडौँ। वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइतले जेन-जी आन्दोलनकारीहरूलाई संयमता अपनाउन आग्रह गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक सम्पत्तिको रक्षा गर्नु हरेक नेपालीको कर्तव्य भएको स्मरण गराएका छन्।
डा. रुइतले भने, “भाइबहिनीहरू, तपाईँहरूले देखाउनुभएको अदम्य साहसका कारणले असहिष्णु राजनीतिक नेतृत्व पछाडि हटिसकेको छ। यस्तो अवस्थामा सार्वजनिक सम्पत्तिमाथि आगजनी गर्नु र नष्ट गर्नु उचित हुँदैन।”
उनले सार्वजनिक सम्पत्तिको संरक्षण गर्न आह्वान गर्दै भने, “सार्वजनिक सम्पत्तिको नोक्सानी नगरौँ र गर्न नदिउँ। संयम बनौँ, सबै मिलेर देश जोगाउँ, सबै जुटेर देश बनाउँ।”