arrow

जेन–जीले वार्तामा बस्न तयार रहेको भन्दै भन्यो – लुटपाट र सार्वजनिक सम्पत्ति तोडफोड अस्वीकार्य, सचेत रहन आग्रह

'हाम्रो साथीहरु र आम राष्ट्रवादी साथीहरुलाई हार्दिक अनुरोध छ यस्ता कार्यहरु हाम्रो आन्दोलनसँग सम्बन्धित होइनन्, कृपया सचेत रहनु होस्, आफ्नो वरिपरिको समाजमा पनि सचेतना फैलाउन सहयोग गर्नुहोस्’

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २५ बुधबार
singadarbar-genz.jpg

काठमाडौँ । जेन-जी आन्दोलनका क्रममा भएको लुटपाट र सार्वजनिक सम्पत्ति तोडफोड स्वीकार्य नभएको कार्यक्रम संयोजकले जनाएका छन् । कार्यक्रम संयोजक पुरुषोत्तम यादवले आन्दोलनका क्रममा केही तत्त्वहरूले लुटपाट गर्ने र सार्वजनिक सम्पत्ति नष्ट गर्ने प्रयास गरिरहेको भन्दै ध्यानाकर्षण भएको जनाएका हुन् । 

उनले जारी गरेको विज्ञप्तिमा जेन–जीले आफ्नो आन्दोलनको नाममा हुने लुटपाट र सार्वजनिक सम्पत्ति तोडफोडलाई कुनै पनि हालतमा स्वीकार नगर्ने स्पष्ट पारेको हो । 

उनले बुधबार सम्बन्धित पक्षहरूसँग वार्ताको चरणमा प्रवेश गर्ने जानकारी पनि दिएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘हामी अहिले हाम्रो उद्देश्य नयाँ नेपाल निर्माणको नजिक पुगेका छौँ। तर प्राप्त सूचनाअनुसार अझै पनि केही तत्त्वहरूले हाम्रो आन्दोलनको नाममा लुटपाट गर्ने, सार्वजनिक सम्पत्ति नष्ट गर्ने र यसलाई असफल बनाउन खोज्ने प्रयास गरिरहेका छन् भन्ने बुझिन आएको छ ।’

उनले अगाडि भनेका छन्, ‘लुटपाट हाम्रो आन्दोलनको हिस्सा कहिल्यै होइन । त्यसैले हाम्रो साथीहरु र आम राष्ट्रवादी साथीहरुलाई हार्दिक अनुरोध छ यस्ता कार्यहरु हाम्रो आन्दोलनसँग सम्बन्धित होइनन् । कृपया सचेत रहनु होस् । आफ्नो वरिपरिको समाजमा पनि सचेतना फैलाउन सहयोग गर्नुहोस् ।’ 

यो विज्ञप्तिबाट हाल भएका तोडफोड र आगजनी जेन–जीको नेतृत्वमा नभएकोसमेत स्पष्ट पारिएको छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ