जेन–जीको आज पनि आक्रमण जारी, कलंकीको भाटभटेनीमा लुटपाट र तोडफोड [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २५ बुधबार
957
Shares
तस्बिर – प्रकाशचन्द्र तिमिल्सेना, नेपाल फोटो लाइब्रेरी
काठमाडौँ । जेन–जी आन्दोलनकारीले आज पनि तोडफोड, आगजनी र लुटपाट जारी राखेका छन् । आज कलंकीको भाटभटेनीमा तोडफोड र लुटपाट गरेका छन् ।
लुटेराहरुले सामान बाहिर ल्याएर तोडफोड गर्नुका साथै लुटेर लगेका छन् । यसैगरी भाटभटेनीभित्रै रहेको हिमालयन र एनआईसी एशिया बैंकको एटिएममा पनि तोडफोड भएको छ ।
कलंकीमा बाहिर सामान ल्याएर तोडफोड लुटपाट एटिएम तोडफोड गरेका छन् । अहिलेसम्म कोटेश्वर, महाराजगञ्ज र बौद्धको भाटभटेनी पूर्ण रुपमा खरानी भइसकेको छ । एउटा वेयर हाउस पनि नष्ट भएको छ ।