राजनीतिक विश्लेषक तिवारी भन्छन् - संसद विघटन गरे बङ्गलादेशको हालत
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २५ बुधबार
3.4k
Shares
काठमाडौँ । राजनीतिक विश्लेषक एवं कांग्रेस नेता शंकर तिवारीले संसद विघटन गर्ने र संविधान कुल्चने काम गर्न नहुने प्रतिक्रिया दिएका छन् ।
सामाजिक सञ्जालमार्फत उनले भने, ‘संसद्लाई अन्देखा गरेर अन्तरिम सरकार गठन गर्ने हो भने बङ्गलादेशको हालत हुन्छ । बङ्गलादेशमा १३ महिनासम्म चुनाव हुन सकेको छैन । नेपाली सेनालाई पनि लामो समयसम्म त्यस्तो अवस्था गल्पासो साबित हुनेछ ।’
उनले ठूलो दुःखले आर्जेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान भएको र त्यो पनि संविधान सभाले लेखेको संविधान भएको औंल्याउँदै शान्ति सुरक्षा कायम गर्न सहयोग गर्नुपर्ने पनि बताए ।
उनले यस्तो लेखेका छन्ः
‘खबरदार ! खबरदा !! खबरदार !!!
१.६२/६३ को त्यत्रो शान्तिपूर्ण जनआन्दोलनपछि त संसद पुनःस्थापना गरिएको थियो । सबै पक्ष सर्वपक्ष हट्ने एउटा संवादको थलो अर्थात् संसद चाहिन्छ। संसद्लाई अन्देखा गरेर अन्तरिम सरकार गठन गर्ने हो भने बङ्गलादेशको हालत हुन्छ । बङ्गलादेशमा १३ महिनासम्म चुनाव हुन सकेको छैन । नेपाली सेनालाई पनि लामो समयसम्म त्यस्तो अवस्था गल्पासो साबित हुनेछ ।
२.संसद विघटन गर्ने र संविधान कुल्चने दुसाहस नहोस् ।
३.ठूलो दुःखले आर्जेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान हो । त्यो पनि संविधान सभाले लेखेको संविधान हो ।
४.देशका दलित उत्पीडित महिला आदिवासी जनजाति कर्णाली मधेश फेरि जाग्नु नपरोस् ।
५. राष्ट्रिय सम्पत्तिको सर्वविनाश भइसकेको छ। शान्ति सुरक्षा कायम गर्न सहयोग गरौं। जनजीवन सामान्य बनाउन पहल गरौँ ।